top of page
Search

Updated: Jan 24, 2024


देबेन्द्र  सम्बाहाङ्गफे लिम्बु  (कबि)
















बसी रहुन हल्लिने कुर्सीहरु

नयाँ  कुर्सि नबदलिए सम्म

राखी रहुन  थोत्रे  भवनहरू 

भुइँचालोलेले नभ्त्काए सम्म !



रित्याई राखुन ढीकुटीहरु

खानु पल्केका मुसाहरूले

जब बिसालु औसद्दीले

आँखा चिम नपारे सम्म !



रुखाई बसुन सुन्दर  दृस्यहरु

सुखा मौसम हरुले जब नयाँ 

ऋतुहरु नफेरीए सम्म छोपी

राखोस आकास कालो बादल

हरुले क्रुर हुरीले नहटाए सम्म !



हिंडी रहोस मातेको बेला संसार

मेरो हो भनेर भासण गर्दै हिंड्ने

बिहोसीहरु गाउँ बेंसी बस्तीहरू 

मा होसमा नआईन्जेल सम्म !



कस्तो बिडम्बना कसैलाई

भोकमारिले फिट फिट हुंदा

खानु नपाउने कसैलाई रुघा

खोकि लाग्दा पनि अमेरिका

धाऊनु पर्ने !



ब्युँझै नबस मस्त निदहरु लाई

हिंड्नु नजान्ने खचडहरु हो राम्रो

हिँडनु सिक घीच्दै नबस कहिले 

नअघाउने भुँडेहरू हो देसको

ढिकुटी सिद्दिञ्छ !



चाहे सुनुन चाहे नसुनुन

कान नसुन्ने  बैराहरुले

हान्दै छ चट्याङ्गले कान

को जाली  फुट्ने  गरी !



चाहे सोजाएर राखुन चाहे

सोजाएर नराखुन ल्याउँदै 

छ सोजाई दिने ठुलो ठुलो

औजारहरु !



चाहे स्विकारुन चाहे

नस्विकारुन ल्याउँदै छ

सजाई दिने औजरहरू 

चाहे मानुन चाहे नमानुन

आउँदैछ गिदी हल्लिने

गरि भुइँचालोहरु !!



देबेन्द्र  सम्बाहाङ्गफे लिम्बु  (कबि)

भूपू  अधक्ष्य

किरात याक्थुङ चुम्लुङ, अमेरिका ।

 
 
 

コメント


kyc logo.png

 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

40-08 76th St,

Queens, NY 11373

+1-929-346-1635

kiratyakthungchumlungusa@gmail.com

silam sakma.png

© 2023 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

bottom of page